
शनिवार , भाद्र २५, २०७९
भैरहवा, २५ भदौ ।
लायन्स क्लब अफ भैरहवा युथ र लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
डेंगु रोगका कारण विभिन्न जिल्लामा रगतको अभाव बढ्दै गएपछि रगतको अभाव परिपुर्ति गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक मनोज अग्रवालले जानकारी दिए ।
कार्यक्रममा २४ युनिट रगत संकलन भएको लायन्स भैरहवा युथका अध्यक्ष क्षीतिज पाण्डेले जानकारी दिए ।
लायन्स ईन्टरनेश्नलको सामाजिक उक्तरदाहित्व अन्र्तगत रक्तदान कार्यक्रम गरिएको लायन्स लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, एरिया चिफ संगम न्यौपाने, लायन्स भैरहवा युथका निवर्तमान अध्यक्ष सन्तोष शुक्ला, समाजसेवी अजय कुमार गुप्ता, नरेन्द्र प्रसाद रौनियार, महेश जयसवाल, राजन शुक्ला, विजया खत्री, नारायण प्रसाद कोइराला लगायतले बोल्दै लायन्स क्लबहरुले सामाजिक कार्य गर्दै गएको समाज रुपान्तरणमा सहयोग पुर्याएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij