२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

अर्घाखाँचीका भुसाल भारतमा दिगो विकास दूतको रूपमा सम्मानित

शनिवार , भाद्र २५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • अर्घाखाँची, २५ भदौ ।

    नेपाली मोटिभेसन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोटिभेश्न‍ल स्पिकर केपी भुसाल भारतमा सम्मानित भएका छन् ।

    भारतको हैदरावादमा सम्पन्न आर्टिफिसियल इन्टेलिजेन्स फर सस्टनेवल डेभ्लपमेन्ट नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भुसाल दिगो विकास दूतका रूपमा सम्मानित भएका हुन् ।

    भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय र बहुउद्देश्यीय सचेतना केन्द्रको संयुक्त आयोजनामा होटेल ताजमहलमा सम्पन्न सम्मेलनमा प्रमुख वक्ताको रूपमा पुगेका भुसाललाई विशेष सम्मान गरिएको हो ।

    अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ बाँजाखर्क स्थायी घर भएका भुसालले कानुन विषयमा समेत स्नातक गरेका छन् ।

    मध्यम परिवारमा जन्म भई कक्षा १२ सम्म अर्घाखाँचीको धारापानीमा अध्ययन गरेका भुसालले आम नेपालीहरूमा सकारात्मक चेत प्रवाह गर्न सके आत्महत्या, बालविवाह, बलात्कार जस्ता अपराध कम हुनसक्ने बत्ताउँछन् । 

    विभिन्न संघ संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा देशभर व्यक्तित्व विकास, नेतृत्व विकास र उद्यमशीलता अभिवृद्धि सम्बन्धी सेमिनार सम्पन्न गर्ने लक्ष्य रहेको भुसालले बताए । न्युज कारखाना