२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

अध्यक्षमा ढकाल, कोषाध्यक्षमा श्रेष्ठ

शनिवार , भाद्र २५, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • बुटवल, २५ भदौ ।
    नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलवस्तु), सचिव रुपनी जिएम (बाके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री (गुल्मी), सजना कार्की (पुर्वी रुकुम), बसन्त वि.क. (अर्घाखाँची), अशोक पौडेल कपिलवस्तु, विमल पुरी (रुपन्देही) रहेका छन । त्यसै गरी अधिवेशनले सल्लाहकारहरु मनोज पौडेल (कपिलवस्तु), बसन्त गिरी (कपिलवस्तु), हरि शर्मा (नवलपरासी), संजय रिजाल (प्युठान) र शम्भु पन्त (रुपन्देही) रहेका छन ।

    अधिवेशनका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले उद्घाटन गर्दै फोटो पत्रकारिता पत्रकारिताको विधाको रुपमा रहेको बताए । उनले फोटो पत्रकारितामा लुम्बिनी प्रदेशको अगाडी रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा संस्थागत रुपमा लाग्न आग्रह गरे ।

    महासंघका अध्यक्ष मनोज पौडेलले नवनिर्वाचित अध्यक्ष हरिश ढकाललाई माईन्यूट हस्तान्तरण गर्दै आफनो कार्यकालमा प्रदेशका फोटो पत्रकारहरुलाई संगठित गर्न सफल भएको बताए । उनले महासंघको आधार तयार भएको भन्दै अब यसलाई रचनात्मक रुपमा अघि बढाउन नवनिर्वाचित पदाधिकारी, सदस्यहरुलाई सुझाव दिए । 

    कार्यक्रममा निर्वतमान उपाध्यक्ष सी.पी. खनालले देश चिनाउने र पत्रकारिताको विधाका रुपमा रहेको फोटो पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष ढकालले आफनो कार्यकालमा फोटो थोरै तर प्रभावकारी कार्यक्रम गर्ने प्रतिवद्धता जनाउँदै फोटो पत्रकारिता तालिम तथा अन्तरक्रिया गर्ने बताए ।

    त्यसै गरी अधिवेशनले चितवनमा हुने केन्द्रिय महाधिवेशनमा केन्द्रिय प्रतिनिधि चयन गर्ने र प्रदेशको प्रतिनिधित्व गर्ने गरी अध्यक्षलाई अधिकार दिएको छ । त्यसै गरी प्रदेश समितिको कार्यालय बुटवलमा स्थापना गर्ने र सोको व्यवस्थापन अध्यक्ष र कोषाध्यक्षले गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ ।