images

शुक्रवार, बैशाख २१ गते २०८१

रोटरी क्लब अफ बुटवलको बैठकमा उद्योगी रानाको क्लासिफिकेशन

रोटरी क्लब अफ बुटवलको बैठकमा उद्योगी रानाको क्लासिफिकेशन

images
images
images
शनिवार, भाद्र २५ २०७९
शनिवार, भाद्र २५ २०७९
  • रोटरी क्लब अफ बुटवलको बैठकमा उद्योगी रानाको क्लासिफिकेशन

    बुटवल, २५ भदौ ।
    रोटरी क्लब अफ बुटवलको वर्ष २०२२–२३ को १२ औं एवं क्लबको १४३२ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा उद्योगी विरेन्द्र रानाको क्लासिफकेशन रहेको थियो । बैठकमा अध्यक्ष पियाले क्लबका गतिविधिसम्बन्धी जानकारी गराएका थिए ।

    images
    images
    images

    बैठकमा बोल्दै उद्योगी रानाले आफूले सञ्चालन गरिरहेको दाना उद्योग, समग्र दाना उद्योगीले भोग्नुपरिरहेका समस्या र कोभिडपछि उद्योगमा देखिएको संकटबारे जानकारी गराएका थिए । उनले भारतबाट आयात हुने कच्चा पदार्थको भन्सार दर महंगो र तयारी वस्तुको भन्सार दर सस्तो हुँदा स्वदेशी उत्पादनले भारतीय उत्पादनसँग प्रतिष्पर्धा गर्न नसकेको पनि बताए । उनले यसअघि आफूले मदिरा उद्योग सञ्चालन गरेको जानकारी गराउँदै तर मदिराको प्रयोगले अन्य घर परिवारमा असर परेको महसुस गरी आफू यो क्षेत्रलाई पूर्ण रुपमा छाडेर दाना उद्योग सञ्चालन गरेको बताए ।

    त्यस अवसरमा क्लबका अध्यक्ष बोनिन पिया, पूर्व अध्यक्ष डिल्ली प्रसाद श्रेष्ठ, मणिरत्न पाण्डे लगायतले विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए । बैठकमा दया भण्डारीले उद्योगी रानाको बायोडाटा प्रस्तुत गरेका थिए भने सह–सचिव लक्ष्मण श्रेष्ठले अघिल्लो बैठकले गरेका निर्णयहरुबारे जानकारी गराएका थिए । त्यस्तै रोटरीयनहरु रेखा ज्ञवाली, कुलबहादुर सारु लगायतले पनि बोलेका थए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij