images

शुक्रवार, बैशाख २१ गते २०८१

कास्कीमा अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

कास्कीमा अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

images
images
images
शनिवार, भाद्र २५ २०७९
शनिवार, भाद्र २५ २०७९
  • कास्कीमा अर्काको नाममा ट्रायल दिने दुई जना पक्राउ

    पोखरा, २५ भदौ ।

    images
    images
    images

    कास्की ट्रायल परीक्षामा दिने दुई जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुर घर भइ पोखरा ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा रहेकी छन् । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदौ २२ गते संचालन गरिएको वर्ग के स्कुटरको ट्रायल दिने क्रममा विक पक्राउ परेकी हुन् । उनी तनहुँको भानु नगरपालिका २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी बनेकी थिइन् ।

    विकलाई परीक्षा दिन लगाउने तनहुँ भानु नगरपालिका ४ घर भइ जिल्ला पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाट पनि पक्राउ परेकी छिन् ।

    पक्राउ परेका दुवैजनालाई शिक्षा ऐन सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको कास्की प्रहरीले जनाएको छ । न्युज कारखाना

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij