२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

‘काँग्रेसले जिते मात्र विकास र समृद्धि सम्भव’

शुक्रवार , भाद्र २४, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २४ भदौ ।
    आगामी मसिंर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसले जिते मात्र देशको समग्र विकास आर्थिक समृद्धि सम्भव रहेको औल्याइएको छ । विगतदेखि नै प्रत्येक परिवर्तन र विकास काँग्रेसको नेतृत्वमा भएको र अब पनि संघीयतालाई संस्थागत गर्दै मुलुकलाई आर्थिक, सामाजिक विकासको दिगोपन दिन कांग्रेसलाई जिताउनुुपर्ने औल्याइएको हो । 

    नेपाली काँग्रेस रुपन्देहीले शुक्रवार भैरहवामा आयोजना गरेको महामानव विश्वेश्वर प्रसाद कोइरालाको १०९ औं जन्मजयन्ती तथा जनताको साथमा काँग्रेस अभियान समापन कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले कांग्रेस जनताको पार्टी भएको सधै जनाको साथमा रहने बताए । उनले विपीको स्मरण गर्दै अहिले पनि विपीको विचार र योगदानलाई नयाँ पिढीसम्म पुर्याउनुुपर्ने बताए । पार्टीभित्र मतमतान्तर हुनुु स्वभाविक भए पनि विपक्षीलाई बल पुुग्ने र पार्टीलाई नै क्षति हुने गरी कसैले कुनै क्रियाकलाप गर्न नहुनेमा उनले जोड दिए । उनले संविधान तथा लोकतन्त्रको रक्षाका लागि गठबन्धन बाध्यात्मक भएको भन्दै यसलाई सबै कार्यकर्ता र शुुभेच्छुकले सहज रुपमा आत्मसात गर्नुुपर्ने बताए । 

    त्यस्तै काँग्रेस केन्द्रीय सदस्य गंगा शाहीले जनताको दुुःखसुखमा सधै काँग्रेस रहदै आएकाले जनताले पनि विश्वास गर्दै आएको बताए । उनले जनविश्वासलाई कमी आउन नदिन सबै नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा जानुुपर्ने बताए । 

    काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले विपीले नेपालको राजनीति र साहित्य क्षेत्रमा ठुलो योगदान पुुर्याउनुभएको भन्दै कांग्रेसकै नेतृत्वमा भएका परिवर्तनबाट जनता मालिक बन्ने अवसर मिलेको बताए । उनले आगामी मंसिरमा हुने निर्वाचनमा सवै एकढिक्का भएर कांग्रेसलाई जिताउन लाग्नुुपर्ने बताए । 

    काँग्रेस पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले विपीको विचारलाई आत्मसात गरेर अगाडी बढे काँग्रेसले कहिले नहार्ने बताए । 
    कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रमा अर्याल, पुुष्पा थरुनी, काँग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री निमा गिरी, जिल्ला उपसभापति थानेश्वर घिमिरे, सचिव हरि काफ्ले, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, काँग्रेस क्षेत्र नम्बर ३ का सभापति सुुशिल गुुरुङ, उपसभापति रामबहादुर थापा, काँग्रेस बुटवल उपमहानगरपालिकाका कार्यवाहक अध्यक्ष ज्योती भण्डारी लगायतले बोलेका थिए ।