२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सोमबार हल बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय

शुक्रवार , भाद्र २४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २४ भदौ ।

    चलचित्र संघले सोमबार एक दिन देशभरका सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रदीप कुमार उदयले सरकारले आफ्ना माग पूरा नगरेको र नेपाली चलचित्रसँग सरोकारवालाहरूले आफूहरूलाई हिन्दी फिल्मको मतियार भनेकाले विरोधस्वरूप सोमबार एक दिन सिनेमा हल बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    हिन्दी फिल्म ब्रह्मास्त्र सेन्सर पास नभएकाले सिंगल र मल्टिप्लेक्स हलहरूले शुक्रबार रिलिज हुने ऐना झ्यालको पुतली र द गोर्खा ब्रेभरी चलचित्रका लागि शो उपलब्ध गराएका छैनन् । सिनेमा हलहरूले बिहीबार दिउँसोसम्म पनि शो उपलब्ध नगराएपछि निर्माता संघ र निर्देशक समाजले विज्ञप्ति जारी गरी आपत्ति जनाएका थिए ।

    दुवै संघ-संस्थाले नेपाली चलचित्र क्षेत्रलाई हतोत्साही र उपेक्षित गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डको ध्यानाकर्षण गराएपछि चलचित्र संघले असन्तुष्टि जनाउँदै सोमबार सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । यो घटनाले फेरि एकपटक चलचित्र निर्माता र हल मालिकबीच द्वन्द्व बढेको छ । न्युज कारखाना