२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

नाराले मात्रै विकासको सपना पुरा हुँदैन : नेता सिंह

शुक्रवार , भाद्र २४, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै बिकासको सपना पुरा नहुने बताएका छन् ।

    शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको बिकासका सपना पुरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताएका हुन् ।

    उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समूदायबीच सहकार्य हुनुपर्ने जिकिर गरे । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नंवर १ ले देखाएको दावी गरे । उनले समूदायमा काम गर्दा पारदर्शी रुपले गर्नुपर्ने धारणा राखे ।

    नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।