images

शुक्रवार, बैशाख २१ गते २०८१

कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

images
images
images
बिहिवार, भाद्र २३ २०७९
बिहिवार, भाद्र २३ २०७९
  • कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन

    भैरहवा। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । 

    images
    images
    images

    जबर्जस्ती करणी कसुरमा प्रहरीले लामिछाने बिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि क्यानको कार्यसम्पादन समितिको बैठकले लामिछानेलाई निलम्बन गर्ने निर्णय गरेको कार्यवहाक सचिव प्रशान्त बिक्रम मल्ले जानकारी दिए । 

    जबर्जस्ती करणी कसुरमा प्रहरी बृत गौशलामा जाहेरी परेको र लामिछाने उपर थप अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानलाई सहयोग पु¥याउन निलम्बन गरिएको क्यानले जनाएको छ । 

    आरोपित लामिछानेले आफ्नो आरोपबारे नेपाल आएपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । उनीमाथि बालिका बलात्कारको आरोप लागेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij