बिहिवार , भाद्र २३, २०७९
भैरहवा, २३ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) रुपन्देही क्षेत्र नम्बर १ (ख)बाट सर्वसम्मत सिफारिस भएका छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ गुप्तालाई क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारको रुपमा सर्वसम्मत सिफारिस गरिएको लोसपा क्षेत्र नम्बर १ का अध्यक्ष सुनिल कुमार चौधरीले बताए ।
त्यस्तै प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर १ बाट अनिल कुमार कुर्मीलाई सर्वसम्मत सिफारिस गरिएको चौधरीले जानकारी दिए ।
त्यसै गरी क्षेत्र नम्बर १ (क) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्यमा प्रेमसागर शुक्लालाई सिफारिस गरिएको लोसपाले जनाएको छ ।
समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा सुरेन्द्र कुमार चमार र प्रदेशसभा सदस्यमा नरमाया चौधरीलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij