२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

लुम्बिनी प्रदेशको शिक्षा क्षेत्रमा उल्लेख्य लगानी : शिक्षा मन्त्री खाँ

बिहिवार , भाद्र २३, २०७९

रुपन्देही । लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँले सरकारले प्रदेश भित्रको शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको बताएका छन् । 
उनले प्रदेश सरकारले आफ्नै बिश्व बिद्यालय सञ्चालन गर्ने गरी बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राबिधिक बिश्व बिद्यालय स्थापना गरेको बताउदै शिक्षा क्षेत्रको बिकासका लागि आबश्यक बजेट छुट्टाएको बताए।

रुपन्देहीको सियारी गाउँपालिकामा तेश्रो सियारी शिक्षा दिवस तथा ५६ औ अन्तराष्ट्रिय शाक्षरता दिवस बिभिन्न कार्यक्रममा बोल्दै मन्त्री खाँले उच्च शिक्षामा पनि लगानी बृद्धि गएको बताए । 
उनले सियारीलाई माछाको हवको साथै शिक्षाको हवको रुपमा बिकास गर्दै जाने योजना अनुसार सियारीको शिक्षा क्षेत्रमा बिभिन्न योजनाहरु परेको बताए ।

उनले सियारीस्थित छपियामा प्रदेशकै नमुना बिज्ञान संग्रालय निर्माण गर्न लागिएको बताए । सियारीको छपिया नमुना माविलाई प्रदेशकै नमुना संग्रालयको रुपमा बिकास गर्न १० करोड रुपैया बिनियोजन भएको र त्यसको काम केहि समय भित्रै शुरु हुने बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले सियारीलाई पर्यटनका साथ साथै शिक्षाका क्षेत्रमा पनि परिचित बनाउने गरी कामहरु अगाडि बढेको बताए । उनले यस क्षेत्रका कतिपय बिद्यालयहरुको स्तरोन्नती गर्नु पर्नेभएकाले प्रदेश सरकारले आबश्यक बजेटको प्रबन्ध मिलाईदिन मन्त्री खाँसमक्ष आग्रह गरे ।

शिक्षा दिवसको अवसरमा सियारी गाउँपालिका भित्र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने शिक्षक, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पदाधिकारी, बिद्यार्थी लगाएतलाई सम्मान समेत गरिएको थियो । 
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, शिक्षा शाखा प्रमुख सुधिर पौडेल लगाएतले बोल्दै १० बर्षे सियारी शैक्षिक योजना निर्माण गरी त्यसको कार्यन्वयनको बाटोमा रहेको उल्लेख गरे ।

सियारीको शैक्षिक गुणस्तरमा सुधार आएको बताउदै सियारीलाई शैक्षिक हवको रुपमा बिकास गर्नका लागि पालिका लागिरहेको बताए ।