
बिहिवार , भाद्र २३, २०७९
भैरहवा । जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा गैडहवा गाउँपालिकाको निवर्तमान अध्यक्ष बच्चुलाल केवट जनता समाजवादीमै फर्किएको बताएका छन ।
केवटले प्रेस विज्ञप्ति जारी गर्दै जसपा मै फर्किएको जनाएका हुन । ‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेका थिए । पछि आत्मगलानी भयो ।’ उनले बिज्ञप्तीमा लेखेका छन ‘पार्टीको कार्यकर्ता र नेतृत्वको सदसयता देखेर पुनस् घर (पार्टीमा) फर्किएको छु ।’
उनले आफुले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन । उनले अबका दिनमा जसपामै सकृय भएर लाग्ने समेत प्रतिवद्द्ता जनाएका छन ।
गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका केवट बुधबार नेकपा एमालेमा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij