२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सरकारले चुनावलाई प्रभावित पार्ने गरी कर्मचारी सरुवा गर्‍यो : एमाले 

बुधवार , भाद्र २२, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, २२ भदौ । 

    प्रमुख प्रतिपक्षी दल एमालेले आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले काम गरेको आरोप लगाएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेकत विशाल भट्टराईले ४ मंसिरमा हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सरकारले काम गरेको आरोप लगाएका हुन् । निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरेको, विधेयक ल्याएको, विवेकको प्रयोग नगरी बहुमतको बलमा पारित गरेको आरोप लगाएका उनले सरकारलार्य तत्काल भइसकेका सरुवा बदर गर्न र नयाँ सरुवा, नियुक्ति नगर्न चेतावनी दिए । 

    काम चलाउ सरकारको हैसियतमा रहेका सरकारले दीर्घकालीन महत्वका निर्णय गरेको भन्दै उनले जथाभावी, मनलाग्दी, निर्वाचन प्रभावित पार्नेगरी सरकारले छानीछानी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पठाएको आरोप लगाए । राजनीतिक आस्थाका आधारमा सरकारबाट हुने विभेदविरुद्ध एमाले उत्रिने उनकाे चेतावनी छ । न्युज कारखाना