
बुधवार , भाद्र २२, २०७९
भैरहवा, २२ भदौ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नम्बर १ कार्यसमितिको बैठकले प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस गरेको जसपाका संघीय परिषद सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभामा मातृका यादव, नवल किशोर सिंह, प्रदेश क्षेत्र नम्बर १ (क) मा चन्दन चौधरी, जहिद खान, गुरुदेव गौड तथा प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा असलम खान, चन्द्रभुवन चौधरी, राजेश यादव र अनिल यादवलाई सिफारिस गरिएको जसपाले जनाएको छ ।
त्यसै गरी समानुपातिकतर्फ प्रतिनिधिसभामा कुमारी मधु सिंह र दयाराम यादव तथा प्रदेशसभामा व्यासमुन थारु, गायत्री यादव, शान्ति चौधरी (कुर्मी) र लक्ष्मी चौधरी (कुर्मी) लाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij