२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी युवा सम्मेलन शुरु, सरकारका हरेक निकायमा अर्थपुर्ण सहभागिताको माग 

बुधवार , भाद्र २२, २०७९

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा लुम्बिनी युवा सम्मेलन शुरु भएको छ । युवाहरुको नेतृत्व बिकास, कला र सस्कृतिको प्रस्तुती, प्रतिभा प्रस्फुटन तथा राज्यका हरेक निकायमा युवाहरुको अर्थपुर्ण सहभागिता गराउने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको हो । 

शान्ति बिकास र समृद्धिका लागि युवा सहभागीता, युवामैत्री शासन प्रवद्धनमा हाम्रो ऐक्यवद्धता भन्ने नाराका साथ शुरु भएको सम्मेलनको लुम्बिनी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँले उद्घाटन गरे । 

सो अबसरमा बोल्दै मन्त्री खाँले सरकारले युवाहरुलाई आबश्यक साथ र सहयोग प्रदान गर्ने बताउदै राज्यमा हरेक निकायमा किशोर बिशोरीको अर्थपुर्ण सहभागिताका लागि आफुले पहल गर्ने बताए ।  मन्त्री खाँले किशोर किशोरीले तयार पारेका हस्तकला तथा अन्य सामाग्रीको बजारीकरणका लागि सरकारले पहल गर्ने बताए । 

युवा सम्मेलनमा लुम्बिनी प्रदेशका ८ जिल्लाका एक सय जना किशोर किशोरीको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा किशोर किशोरी, सम्बाद किशोर किशोरी समुह तथा बिभिन्न समहुले तयार पारेका बिभिन्न बस्तुको प्रर्दशनी समेत गरिएको छ ।

IMG_8779.JPG

सम्मेलनमा कला र सस्कृति शंरक्षणमा ध्यान दिदै स्थानिय स्तरमा प्रचलित बस्तुहरुको प्रर्दशनी गरिएको छ । उनीहरुले किशोर किशोरीले तयार पारेका  हस्तकला सामाग्रीहरु ढकिया, बुटिक, गुडिया, धिमर, सेनेटरी प्याड स्थानिय स्तरमा प्रचलित खानेकुराको समेत प्रर्दशनी गरिएको छ । 

IMG_8729.JPG
IMG_8735.JPG
IMG_8783.JPG

कार्यक्रममा सहभागि मन्त्री खाँ सहित अन्तराष्ट्रिय गैरसरकारी सस्थाका प्रमुख तथा प्रतिनिधि एवम् स्थानिय साझेदार सस्थाका प्रमुख, स्थानिय पालिकाका प्रमुख तथा उपप्रमुख, राष्ट्रिय युवा परिषदका पदाधिकारी तथा सदस्यहरुले अवलोकन गरेका थिए । 

स्तरीय किशोर किशोरी तथा युवा संजांल लुम्बिनी प्रदेश एवं किशोर किशोरी तथा युवा युवतीका क्षेत्रमा काम गर्ने बिभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सस्थाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रममा किशोर किशोरी तथा युवाहरुले आगामि दिनमा गर्नु पर्ने काम तथा तय गर्नुपर्ने बाटोका बिषयमा व्यापक छलफल भएको थियो । त्यसैगरी राज्यका निकायहरुमा युवाहरुको सहभागिताका बिषयमा पनि समुहगत रुपमा छलफल भएको थियो । 

कार्यक्रममा किर्डाक नेपालका अध्यक्ष रनलाल कुमाल, निर्देशक गौतमराज अधिकारी, स्ट्रोम फाउण्डेसन श्रील‌काका निमित्त क्षेत्रिय कार्यक्रम निर्देशक रवीश‍कर राजारत्नम, स्ट्रोम फाउण्डेसन नेपालका बरिष्ठ कार्यक्रम संयोजक जिवनकुमार बस्नेत, कार्यक्रम अधिकृत बिजया गोदार, एविसि नेपालका निर्देशक मनोज लामिछाने, एआईएनका अध्यक्ष काजल प्रधान, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द बहादुर खत्री लगाएतले बोल्दै किशोर किशोरी तथा युवाहरुको क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेका बताए । उनीहरुले युवाहरु वर्तमानका साझेदार र सम्बाहक भएको उल्लेख गर्दै सरकारका हरेक गतिबिधिमा सहभागिताको लागि सरकारसंग माग समेत गरेका छन् । 

कार्यक्रममा तेजाव हमलामा परेकी मुस्कान खातुन र दृष्टिबिहिन सरीता लामिछानेले किशोर किशोरीले आफुलाई कहिल्यै कमजोर नठानी आफ्नो लक्ष्यलाई अगाडि बढाउन आग्रह गरे। उनीहरुले अरुको भनाईका पछाडि नलागी आफ्नो काममा सधै अग्रसर हुन आग्रह गर्दै सहि कर्म गर्ने व्यक्ति कहिल्यै पछाडि नपर्नेमा जोड दिए। कार्यक्रममा पत्रकार दिपेन्द्र बडुवालले समुहगत छलफलको सहजीकरण गरेका थिए।