२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही–३ बाट जसपाका उम्मेदवार सिफारिस

बुधवार , भाद्र २२, २०७९

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • भैरहवा, २२ भदौ ।
    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार सिफारिस गरेको छ । जसपा क्षेत्र नम्बर ३ समन्वय समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको हो ।

    प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सुमन शर्मा रायमाझी र ओमप्रकाश यादव (गुल्जारी) लाई सिफारिस गरिएको जसपा क्षेत्र नम्बर ३ समन्वय समितिका अध्यक्ष जावेद आलमले बताए । प्रदेशसभा ३ (क) मा महेन्द्र यादव, मोहम्मद अली फकिर र रवि कुमार रौनियार तथा प्रदेशसभा ३ (ख) मा जयशंकर पाठक र सुरेन्द्र धवललाई सिफारिस गरिएको उनले जानकारी दिए ।

    त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभामा मातृका प्रसाद यादव र सीमा कुमारी वि.क. कौशललाई सिफारिस गरिएको जसपाले जनाएको छ । त्यसै गरी समानुपातिकतर्फ प्रदेशसभामा गीता सिंह, रुपा मल्ल, धानमति लोध, नन्दलाल यादव, सुशिला थारु र भरथरी यादवलाई सिफारिस गरिएको पार्टीले जनाएको छ ।