२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवट एमालेमा प्रवेश

बुधवार , भाद्र २२, २०७९

  • 6.4K
    Shares
  • 6.4K
    Shares
  • भैरहवा, २२ भदौ ।
    रुपन्देहीको गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का नेता बच्चुलाल केवट बुधबार नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

    एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको बुटवलमा भएको नवौं बैठकमा केवट एमालेमा प्रवेश गर्नुभएको पार्टीका रुपन्देही जिल्ला सदस्य सन्दिप गुप्ताले बताए ।

    उनलाई एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छबिलाल विश्वकर्मा, पोलिटव्यूरो सदस्य खिमलाल भट्टराई, ठाकुर गैरे, दधिराम न्यौपाने लगायतले पार्टीमा स्वागत गरेका हुन् ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित उनी २०७९ सालको निर्वाचनमा भने जसपाबाट उम्मेदवार भइ पराजित भएका थिए ।