images

शनिवार, बैशाख १५ गते २०८१

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्छ’

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्छ’

images
images
images
बुधवार, भाद्र २२ २०७९
बुधवार, भाद्र २२ २०७९
  • ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्छ’

    भैरहवा, २२ भदौ ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ अन्तर्गत पर्यटन व्यवसाय प्रवद्र्धन उपसमितिको बैठक तथा छलफल मंगलबार भैरहवामा सम्पन्न भएको छ । बैठकमा बोल्दै संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले यस क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्छ भन्ने आवाज २०३३ सालदेखि नै संघले उठाउँदै आएको बताए । उनले हाल एउटा मात्र विमानस्थल (जजिरा) ले उडान गरिरहेकोले अब उडानहरु थप्नुपर्नेमा जोड दिए । उनले भने, ‘जजिरा एयरलाइन्सले हप्ताको तीन दिन उडान गरिरहेको छ, नेपाल वायु सेवा निगमले नै उडान गर्न सकिरहेको छैन, हप्तामा तीन दिन मात्र उडान हुँदा प्राय विमानस्थल नै सुनसान हुने गरेको छ । ’ अध्यक्ष न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन माग गरे ।

    images

    संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुन नसकेको बताए । उनले यसबारे आवाज उठाउँदै जानुपर्नेमा जोड दिए । उनले भने, ‘एउटा मात्र उडान किन भइरहेको छ, कारण खोज्नुपर्छ ।’

    नेपाल वायु सेवा निगम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख उप-निर्देशक सुदीप महर्जनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटकको संख्या भन्दा गुणस्तरीय पर्यटक आवश्यक रहेकोमा जोड दिए । उनले विमानस्थलमा आउने र यहाँबाट जाने यात्रुका लागि यातायात र क्याफेको व्यवस्था हुनुपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको बताए ।

    पर्यटन व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य संजय बजिमयले भारत, चीन लगायत अन्य मुलुकमा जान र त्यहाँबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउन ती मुलुकसँग सहकार्य गर्न आवश्यक रहेको बताए । उनले खासगरी दुबई, कतारबाट पर्यटकहरु बढी आउने भएकाले त्यसलाई मध्यनजर गर्दै उडान थप गर्नुपर्ने बताए । उनले भने, ‘लखनउबाट भैरहवा आउन सडक मार्गबाट समय लाग्छ तर वायूमार्गबाट थोरै मात्र समय लाग्छ, त्यसैले भारतसँग कनेक्टिविटी बढाउन आवश्यक छ ।’

    सिद्धार्थ होटल एशोसियशनका महासचिव रविन्द्र शर्मा घिमिरेले पर्यटन व्यवसाय सबैभन्दा मारमा परेको बताए । 

    सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यकारी सचिव आनन्द खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश पर्यटन बोर्डका कार्यकारी निर्देशक रामु जोशी, संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उपाध्यक्ष दिलिप कान्दु लगायतले बोलेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij