२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रचण्ड–नेपाल समुहको बिद्यार्थी भेला शुरु 

शुक्रवार , मंसिर १९, २०७७

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन भेला काठमाण्डौमा सुरु भएको छ।

कठमाण्डौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा सुरु भएको भेलालाई प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गर्दैछन।

प्रचण्ड, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरुलाई भेटेपछि विद्यार्थी संगठनका नेताहरुले आफ्नो पक्षको भेला गर्न लागेका हुन। भेलालाई स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, लगायतले सम्बोधन गर्ने अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले बताए। 

अर्का अध्यक्ष केपी ओली पक्षका विद्यार्थी संगठनले देशैभर भेला गर्न थालेकाले प्रचण्ड–नेपाल पक्षका विद्यार्थीले भेला आयोजना गरेका हन। ‘पार्टीमा समस्या छन, ती विषयमा विद्यार्थी नेताहरुलाई भन्नुपर्ने भयो’ तामाङले भने, ‘कसले पार्टीमा विधि पद्धती उल्लंघन गयो? कसले पार्टीमा समस्या निम्त्यायो? पार्टी कसले विभाजन गर्न खोज्यो त्यो सबै स्पष्ट पार्न बैठकमा भन्नुपर्ने भयो।’ पार्टीभित्र देखिएका समस्या सबै विद्यार्थीलाई भेटेर स्पष्ट पारिने तामाङले बताए।