२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

रोट्रयाक्ट भैरहवाद्वारा भीम अस्पतालमा रक्त सञ्चार सहजीकरण कार्यक्रम

मंगलवार , भाद्र २१, २०७९

भैरहवा, २१ भदौ ।
रोट्रयाक्ट क्लब अफ भैरहवाले रक्त सञ्चार सहजीकरण कार्यक्रम (पहिलो चरण) भैरहवास्थित भीम अस्पतालमा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले रोट्रयाक्ट क्लब अफ भैरहवाले आफ्नो ३२ जना सदस्यहरुको नामसहितको बोर्ड राखी हरेक समय रगत आवश्यकता हुँदा रगत दिन तत्पर रहेका युवाप्रति आभार व्यक्त गरे । भीम अस्पतालमा ब्लड बैक स्थापना गर्ने योजना रहेको उनले बताए ।

विशिष्ट अतिथि रोटरी डिष्ट्रिक ३२९२ का जोन ३१ का ए.जी. सन्जिब शर्मा रेग्मीले रोट्रयाक्ट क्लबको यो कार्यले दुर्घटनामा परेका र डेंगु भएकालाई फ्रेस ब्लड आवश्यक पर्ने भएकोले यो कार्यक्रमबाट धेरैलाई लाभ हुने बताए ।

रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष अंकित पौडेलले क्लबले कार्यक्रम पहिलो चरण मात्र रहेको बताए । रोट्रयाक्ट भैरहवाले रगतको सहजीकरणका लागि अन्य कार्यक्रमको तयारीमा रहेको पनि बताए । उनले भीम अस्पतालको विकास लागि आफू लगायत रोट्रयाक्ट भैरहवा परिवार सदैव अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

294877254_416290513903682_2448830304416277871_n.jpg

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पब्लिक ईमेज को–चेयर तथा रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता, रोटरी भैरहवाका अध्यक्ष पवन पौडेल, रोट्रयाक्ट भैरहवाका संस्थापक अध्यक्ष प्रकाश शर्मा, रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको डी.आर.सी. मेम्बर सरिता राना तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानका जेड.आर.आर. बिरु कुमार गुप्ताको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।