२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल

मंगलवार , भाद्र २१, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २१ भदौ । 
    राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् । चितवनको नारायणघाटमा भएको साधारणसभाबाट अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा नितेश कुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयन भएका छन् ।

    साधारणसभामा निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा जानकारी गराएका थिए । 

    कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४ सय भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।