२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी ४५० जना बढी जनमुक्तिमा प्रवेश

मंगलवार , भाद्र २१, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, २१ भदौ ।
    विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमुक्ति पार्टी जिल्ला कार्यसमितिले मायादेवी गाउँपालिका–५ स्थित गोनहा बजारमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), लोसपा, जसपा, जनमत पार्टी, राप्रपा लगायत पार्टी परित्याग गरी ४५० जना प्रवेश गरेका हुन् । 

    जनमुक्ति पार्टी क्षेत्र नम्बर ४ को व्यवस्थापनमा भएको कार्यक्रम जिल्ला अध्यक्ष प्रेम थापाको अध्यक्षता, पार्टीका संघीय परिषद सचिव तथा केन्द्रीय संगठन विभाग सदस्य मोजीब अलीको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य तथा मगर संघका अध्यक्ष छत्र दर्लामी, संघीय महासभा सदस्य प्रेम गलामी, लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ, भोम मगर, राजाबाबु खान, पुजारी हरिजन लगायतको आतिथ्यतामा भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव दिलमाया गुरुङले गरेकी थिइन् ।

    मर्चवार क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गर्नेको संख्या बढ्दै गएको पार्टीका संघीय परिषद सचिव मोजीब अलीले बताए ।