
मंगलवार , भाद्र २१, २०७९
भैरहवा, २१ भदौ ।
जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जमा राजेन्द्र गुप्ता मनोनिन भएका छन् । पार्टीका राष्ट्रिय अध्यक्ष डा. सि.के. राउतले पार्टीको विधान २०७९ को धारा १६ (घ) अनुसार गुप्तालाई केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्जमा मनोनित गरेका हुन् । रुपन्देहीको भैरहवा निवासी गुप्ता लम्बिनी प्रादेशिक अस्पताल विकास समिति बुटवल र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका पूर्व अध्यक्ष समेत हुन् ।
त्यस्तै पार्टीका राष्ट्रिय उपाध्यक्षमा कपिलवस्तुका नरसिंह चौधरी तथा केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघका राष्ट्रिय संयोजकमा रुपन्देहीका कैलाश गुरुङलाई मनोनित गरिएको पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij