सोमवार , भाद्र २०, २०७९
बुटवल, २० भदौ ।
हरेक वर्ष सेप्टेम्बर ५ तारिखका दिन मनाइने अन्तराष्ट्रिय स्पाइनल कर्ड इन्जरी दिवस देवदह नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । नगरपालिकाले दिवसको अवसरमा पारी नगरपालिकाभित्र कार्यरत कर्मचारी तथा जनप्रतिनिधिलाई स्पाइनल कर्ड इन्जरी सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीसँगको संयुक्त आयोजनामा नगरपालिकाले स्पाइनल कर्ड इन्जरीसँग सम्बन्धीत सचेतनामूलक कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका प्रमुख धुव्र प्रसाद खरेलले नगरपालिकाले छिट्टै नगरभित्र नगर अस्पताल सञ्चालनको तयारीमा जुटेको बताए । उनले स्पाइनल कर्ड इन्जरी लगायतका महत्वपूर्ण स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताए । उनले नगरले आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै नगरभित्रका जनताको स्वास्थ्यमा सहज पहुच बृद्धि गर्नको लागी नगरपालीकाले छिटै नगर अस्पतालको सञ्चालनको तयारीमा रहेको उल्लेख गरे । उनले नगरले सञ्चालन गर्न लागको अस्पतालमा विभिन्न स्वास्थ्य सम्बन्धित कार्यक्रम गर्नको लागि आह्वान गर्दै नगरपालिका सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ का सर्भिस प्रोजेक्ट चेयर एजाज आलमले अन्तर्राष्ट्रिय स्पाइनल कर्ड इन्जरी दिवसको अवसरमा आयोजित कार्यक्रमले समाजमा महत्वपूर्ण सन्देश दिएको बताए । उनले रोटरी अन्तर्राष्ट्रियले गर्ने विभिन्न कार्य अन्र्तगत जनस्वास्थ्य पनि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै समाजमा यस्ता किसिमका सचेतनामूलक कार्यक्रहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले स्पाइनल कर्ड इन्जरी सम्बन्धमा समाजमा चेतनामूलक कार्यक्रमको नुहने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि रोटरीसँग सहकार्य गरेर निरन्तरता दिने बताइन् ।
लुम्बिनी स्पाइनल क्लबका अध्यक्ष एवं रोटरी क्लव अफ सेन्ट्रल रुपन्देहीका पब्लिक इमेज चेयर स्पाइनल रोग विशेषज्ञ डा. योगेन्द्र अग्रहरीले सहजीकरण गरेका थिए । कार्यक्रममा देवदह नगरपालिका अन्र्तगत विभिन्न शाखामा काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीका निर्वतमान अध्यक्ष कुल बहादुर थापा (लक्ष्मण) को स्वागत तथा क्लबका सचिव बिकास गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij