२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

आश्रममा लायन्स बुटवल स्टार्सको सहयोग 

सोमवार , भाद्र २०, २०७९

बुटवल, २० भदौ ।
लायन्स क्लब अफ बुटवल स्टार्सले अनाथ आश्रम तिलोत्तमा–९ सहयोग गरेको छ । क्लबका संथापक सदस्य रिन्कु लिगल जन्मोत्सवको अवसरमा क्रियटिभ इन्ष्टिच्यूट नेपाल तिलोत्तमा–९ मंगलापुरमा रहेको आश्रममा १५ हजार रूपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो । 

लायन्स डिष्ट्रिक ३२५ (पी) का सचिव तथा क्लबका संस्थापक अध्यक्ष सन्दीप कसौधन, पूर्व अध्यक्ष तथा डिष्ट्रिक एडभाइजर आशिषकृष्ण श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष तथा एरिया ३ चिफ एम.एल. पाण्डे, क्लबका अध्यक्ष विजय कुमार बर्नवालले संयुक्त रूपमा आश्रमलाई उक्त सामग्री प्रदान गरिएको हो ।

304457993_813551723414827_1949575220815659303_n.jpg

कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष सन्दीप कसौधनले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य काम गर्दै आएको बताए । उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताए ।