२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

गृहमन्त्री खाँणको नाम रुपन्देही–२ र ३ बाट सिफारिस

सोमवार , भाद्र २०, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २० भदौ ।
    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम रुपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि उनलाई रुपन्देही क्षेत्र २ र क्षेत्र ३ ले उम्मेदवारका लागि नाम सिफारिस गरेको हो ।

    कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले बताए ।

    रुपन्देहीका दुईवटा क्षेत्रबाट नाम सिफारिस भए पनि उहाँ क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने सम्भावना बढी रहेको कांग्रेस क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिए ।

    अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् ।