२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँण सर्वसम्मत सिफारिस

आइतवार , भाद्र १९, २०७९

  • 8.4K
    Shares
  • 8.4K
    Shares
  • भैरहवा, १९ भदौ । 
    नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ ।

    कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले बताए ।

    खाँणको नाम यसअघि क्षेत्र नम्बर २ बाट पनि सिफारिस भइसकेको छ । अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् ।