२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

फुलवारी सहकारीको १५ औं वार्षिक साधारणसभा 

आइतवार , भाद्र १९, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • बुटवल, १९ भदौ । 
    फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ स्थित सहकारीको साधारणसभाले सहकारी सञ्चालनका महत्वपूर्ण ८ वटा कार्यविधिहरु पास गरेको छ ।

    सहकारीका अध्यक्ष चन्द्रमणी भण्डारीको अध्यक्षतामा भएकोे साधारणसभाको एक कार्यक्रमकाबीच नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक सन्दिप सापकोटाले उद्घाटन गरे । मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको सिद्वान्तलाई आत्मसात गर्दै वि.सं. २०६२ सालमा २५०० सय शेयर पुंजीबाट सुरु भएको सहकारीको हाल २१ करोडको पुंजी वृद्धि गर्न सफल भएको सहकारीका अध्यक्ष चन्द्रमणी भण्डारीले प्रतिवेदनमार्फत जानकारी दिए ।

    साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सन्दिप सापकोटाले सहकारीले बचत जम्मा गर्ने र ऋण लागनी गर्ने मात्रै भन्दा पनि सहकारी ऐनमा व्यवस्था भए अनुसार ३० प्रतिशत मुख्य काम सहित उत्पादन मुलक क्षेत्रमा लागनी गर्न आग्रह गरे । उनले सहकारीलाई मर्यादित हुदै सहकारी निती, बिधि र प्रविधिको समुचित प्रयोग गरेर कार्य गर्न आग्रह गरे ।

    सहकारीले साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी सम्मान बाट आशिष पौडेल, अनुशासित सदस्य सुनिल पोख्रेल, उत्कृष्ट बचतकर्ता जोनि भिक्टोर लाई सम्मान गरिएको थियो । सहकारीको सनसाइन बक्समा जम्मा भएको १५ हजार रुपैयाँ सत्य साई बाबा मन्दिर बुटवल–७ लाई सो अवसरमा सहयोग गरिएको थियो । त्यस्तै यस वर्षको एसईई परीक्षामा सहकारीका शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट नतिजा ल्याउने सोनम हलुवाई र शुभेच्छा गुप्तालाई समेत सम्मान गरिएको थियो ।

    सहकारीले हरेक वर्ष प्रदान गर्ने विपन्न तथा जेहेन्दार बालबालिकालाई प्रदान गर्ने छात्रवृति रकम सरस्वती आधारभुत विद्यालयका जेहेन्दार छात्र अभिमन्यु ताम्राकारलाई छात्रवृत्ति प्रदान गरेको छ । सहकारीले प्रदान गरेको छात्रवृति रकम कक्षा १२ सम्म अध्ययन गर्न लागि छात्रवृति प्रदान गरिने सहकारीका व्यवस्थापक नारायण भुसालले जानकारी दिए ।

    साधारणसभामा सचिवको प्रतिवेदन सचिव रोशन पाण्डे र कोषाध्यक्षको प्रतिवेदन लोकेन्द्र कृष्ण श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सहकारीका उपाध्यक्ष पुष्कर कार्कीको स्वागत रहेको कार्यक्रममा सल्लाहकार प्रेम बहादुर फौजदार, रुक्मागंत पाण्डे, टंक प्रसाद गैरे, वडा नम्बर १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत, बुटवल अटो इञ्जिनियरिङका अध्यक्ष तुल्सीराम न्यौपाने, बाबुराम आचार्य, विष्णु प्रसाद भुसाल, राधाकृष्ण देउला, सरिता सुवेदी, पशुपतिनाथ गुप्ता लगायतले बोलेका थिए । सहकारीका सचिव रोशन पाण्डेको सञ्चालनका कार्यक्रम भएको थियो ।