२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णु पौडेल सर्वसम्मत सिफारिस

आइतवार , भाद्र १९, २०७९

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • रुपन्देही, १९ भदौ ।

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसम्मत एकल सिफारिस भएको छ ।

    एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको नाम सर्वसम्मत सिफारिस गरेको हो । पौडेल २०६४ सालदेखि निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् ।