२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु 

आइतवार , भाद्र १९, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • कपिलवस्तु, १९ भदौ ।

    कपिलवस्तुको बिजयनगर गाँउपालिका–७ जुगनियामा हिजो बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी ३५ बर्षीय राम सेवन थारु रहेका छन् । 

    भारतिय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए । 

    मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ । न्युज कारखाना