
आइतवार , भाद्र १९, २०७९
भैरहवा, १९ भदौ ।
कोपिला खेलकुद तथा साँस्कृतिक संस्था तिलोत्तमा–८ रुपन्देहीको आयोजनामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिद्धार्थनगर सिटी अस्पताल प्रा.लि. सिद्धार्थनगरको प्राविधिक सहयोगमा भएको शिविरमा २२५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरमा मृगौला, बालरोग सम्बन्धी र जनरल फिजिसियन सेवा प्रदान गरिएको क्लबका अध्यक्ष प्रतीक पाण्डेयले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले मानिसलाई स्वस्थ कसरी बनाउन सकिन्छ भन्ने मुख्य कुरा भएको बताए । उनले भने, ‘यस्ता स्वास्थ्य शिविरले सचेतना जगाउँछ । यस्ता कार्यक्रमलाई नियमित रुपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ’सरकारले मात्र सबै काम गर्न नसक्ने भएकाले सामाजिक संघ–संस्था, आमा समूह, क्लब पनि लाग्नुपर्ने बताए । उनले नेपालको नमूना नगरपालिका तिलोत्तमा नगरपालिकाको विकासका लागि हातेमालो गर्दै अगाडि बढाउने बताए ।
क्लबका अध्यक्ष प्रतिक पाण्डेयको अध्यक्ष, डिल्लीराम भट्टराईको स्वागत, तुल्सीराम न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा डा. बाबुराम ज्ञवाली, डा. सुबोध कुमार पाण्डेय लगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij