
आइतवार , भाद्र १९, २०७९
कास्की, १९ भदौ । कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेबाट १ ग्राम १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चाउथे कदममार्गस्थित खाजा घर सञ्चालन गरी बस्ने धादिङ गल्छी गाउँपालिका–२ घर भएका २९ वर्षीय सानुबाबु तुलाचन रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij