
आइतवार , भाद्र १९, २०७९
बुटवल, १९ भदौ ।
जयसवाल (कलवार) सेवा समिति बुटवल र जयसवाल युथ क्लब, बुटवलको आयोजनामा श्री बलभद्र देव पूजा समारोह तथा युवा समितिको चौथो पदस्थापन कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ ।
कलवार कल्याण महासंघका केन्द्रिय उपाध्यक्ष पन्चदेव गुप्ताको प्रमुख आतिथ्यता, जयसवाल सेवा समिति भैरहवाका अध्यक्ष अमित गुप्ताको विशिष्ट आतिथ्यता जयसवाल (कलवार) सेवा समितिका अध्यक्ष आनन्द जयसवाल, निवर्तमान अध्यक्ष भगौती जयसवाल, महासचिव श्रवण जयसवाल लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा युवा समितिको अध्यक्षमा निर्वाचित मोनिका जयसवाल तथा एवं उनको नेतृत्वमा रहेको कार्यसमितिलाई समाजका महासचिव श्रवण जयसवालले सपथ ग्रहण गराएका थिए । त्यस्तै समितिका निवर्तमान अध्यक्ष विनोद जयसवालले क्लबको दस्तावेज मोनिका जयसवालाई हस्ताान्तरण गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मोनिका जयसवालले वर्षभरी आफ्नो कार्यकालमा गर्ने कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।
विनोद जयसवाल (राजभिर) को स्वागत, आनन्द जयसवालको धन्यवाद ज्ञापन तथा प्रबिन जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij