२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

जसपा क्षेत्र नम्बर १ को अध्यक्षमा ब्यासमुन थारु

आइतवार , भाद्र १९, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १९ भदौ ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) क्षेत्र नम्बर १ समितिको भेला शनिबार रोहिणी गाउँपालिका–३ धकधईमा सम्पन्न भएको छ । भेलाले ब्यासमुन थारु (चौधरी) को अध्यक्षतामा २१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । थारु तिलोत्तमा नगरपालिका वडा नम्बर १० का निवर्तमान वडाअध्यक्ष समेत हुन् । 

    क्षेत्रीय समितिको उपाध्यक्षमा चेतमान चौधरी, सन्दिप यादव, सचिवमा गोपाल यादव, सह–सचिवमा श्याम धवल, अनिल यादव, दिलिप यादव, राजधर हरिजन, कोषाध्यक्षमा लक्ष्मी चौधरी र सह–कोषाध्यक्षमा गायत्री यादव रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा गुरुदेव गौड, रमेश यादव, अजय यादव, विजय यादव, रामकिसुन यादव, राममिलन यादव, विरेन्द्र गुप्ता, नगेन्द्र यादव, संजय यादव, इश्हाक बन्जारा र नैम खान रहेका छन् । त्यस्तै भेलाले क्षेत्र नम्बर १ को इञ्चार्जमा पंजाबी यादवलाई चयन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

    जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवको अध्यक्षता, केन्द्रीय सदस्य मधु सिंहको प्रमुख आतिथ्यता, संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी), जसपाका संघीय परिषद सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, समाजवादी युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष असलम खान, जसपा रुपन्देहीका उपाध्यक्ष घनश्याम सिंह क्षेत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।