२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रिय परिषद् बैठक लुम्बिनीमा

शनिवार , भाद्र १८, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १८ भदौ ।
    भट्टराई कुलवंश प्रतिष्ठान नेपालको केन्द्रिय परिषद् बैठक तथा २८ औं वार्षिक साधारणसभा शनिबार लुम्बिनीमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे । उनले केन्द्रिय कार्यक्रम रुपन्देहीको लुम्बिनीमा छनौट गर्नु राम्रो पक्ष भएको बताए ।

    प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा महासचिवको सांगठनिक प्रतिवेदन कार्यवाहक महासचिव जीवराज भट्टराईले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनोज कुमार भट्टराईले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । 

    कार्यक्रममा विशिष्ट अतिथि लिलाराज भट्टराई, प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष शंकर भट्टराई, गण्डकी प्रदेश अध्यक्ष शैलेन्द्र भट्टराई लगायतका प्रदेश अध्यक्षहरुले बोलेका थिए । 

    प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष पर्शुराम भट्टराईको स्वागत मन्तव्य तथा कार्यवाहक महासचिव जीवराज भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । भट्टराई कुलवंश प्रतिष्ठान नेपाल रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा कार्यक्रम भएको थियो । 
    प्रदेश १ को दमक ४ झापामा केन्द्रिय कार्यालय रहेको प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको व्यवस्थापन रुपन्देहीले गरेको थियो । कार्यक्रममा देशभरका २५० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भट्टराई कुलवंशको विस्तार र अबका योजनाका बारेमा चर्चा गरिएको थियो ।