२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा दीपक कौशल

शनिवार , भाद्र १८, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, १८ भदौ ।
    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीको प्रथम अधिवेशन तथा दोस्रो साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले सतिश कुमार कौशल (दीपक) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    जसको वरिष्ठ उपाध्यक्षमा राजन विश्वकर्मा, उपाध्यक्षमा किस्मत विश्वकर्मा, द्वितीय उपाध्यक्षमा प्रेम रामदाम, महासचिवमा सुनिल सेञ्चुरी, कोषाध्यक्षमा ध्रुव लामगादे, सचिवमा मिलन रामदाम, सह–सचिवमा गणेश विश्वकर्मा र सह–कोषाध्यक्षमा किरण लामगादे निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा मोहन सेञ्चुरी, प्रशान्त रामदाम, किरण रामदाम, अमन लामगादे, दिपेन लामगादे, सुमित लामगादे, गणेश रसाइली, सुरज सोनी, राधेश्याम सुनार, बलराम सुनार रहेका छन् ।