२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोटरी क्लब अफ बुटवलको दोस्रो क्लब एसेम्बली

शनिवार , भाद्र १८, २०७९

बुटवल, १८ भदौ । 
रोटरी क्लब अफ बुटवलको दोस्रो क्लब एसेम्बली एवं क्लबको १४३१ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । दोस्रो क्लब एसेम्बलीका क्रममा विभिन्न कमिटी चेअरहरुले आ–आफ्नो कमिटीको प्रतिवेदन प्रस्तुत गर्दै प्रगति विवरण पेश गरेका छन् ।

एसेम्बलीमा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन २२ का एजी दिनेश पौडेलले वार्षिक कार्ययोजना अनुसार काम भइरहेको बताउँदै क्रियाशिलता अझै बढाउन र क्लबको पदीय भूमिका अनुसार काम गर्न आग्रह गरे ।

निकै कठिन समयको अवस्थामा पनि शिक्षा, स्वस्थ्यका क्षेत्रमा सचेतनाका धेरै काम क्लबबाट भएको भन्दै उनले समाजको आवश्यकता हेरी सेवा गर्न सके उपयोगी हुने बताए । 

क्लब एडमिनिस्ट्रेशन कमिटी चेयर मधुप्रकाश अर्यालले लक्ष्य अनुसार प्रशासनिक पक्षमा भएका कार्यप्रगति जानकारी गराएका थिए । क्लब मेम्बरसिप कमिटी चेअर झविन्द्रप्रसाद कंडेलले पनि आफ्नो कार्यप्रगति विवरण पेश गर्दै १४ जना नयाँ सदस्यहरु रोटरीमा थपिएको भन्दै उनीहरुलाई छिटै नै इन्डक्सन गरिने बताए । 

त्यसै गरी सर्भिस प्रोजेक्ट कमिटी चेअर इ. छविन्द्र भट्टराई, द रोटरी फाउन्डेसन कमिटी चेयर लेखनाथ भुसाल, पब्लिक रिलेशन कमिटी चेअर शिवकुमार ज्ञवालीको तर्फबाट सदस्य गोविन्द खनालले पनि आ–आफ्नो कमिटीको कार्यप्रगति विवरण पेश गरेका थिए ।

क्लब एसेम्बलीमा बोल्दै एसिष्टेन्ट गभर्नर दिनेश पौडेलले रोटरी क्लबका सदस्यहरुको जिम्मेवारीका बारेमा चर्चा गर्दै क्लबको गतिशिलता, क्लबको सदस्यहरुको क्रियाशीलतामा भर पर्ने बताउँदै हरेक क्लबका सदस्यहरुले ‘म रोटरीयन हुँ, मैले रोटरी क्लबको गरिमालाई उँचो बनाउनुपर्छ’ भनेर सोच्नुपर्ने बताए । प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष अजयमान श्रेष्ठले टिमवर्कमा काम गरे मात्रै सफलता हासिल हुने भन्दै आ–आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य सम्झेर सामाजिक काममा अझ बढी क्रियाशिल हुन आग्रह गरे ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकमा सचिव लालहरि पाण्डे, माधवप्रसाद पौडेल लगायतले पनि बोलेका थिए ।