२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल आम्दा अस्पताल परिसरमा वृक्षारोपण

शनिवार , भाद्र १८, २०७९

बुटवल, १८ भदौ । 
रोटरी क्लब अफ बुटवल चौतारी, रोट्रयाक्ट क्लब अफ बुटवल चौतारी र भैरहवा चौतारीको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको आम्दा अस्पताल परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमको आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट धुब्र श्रेष्ठले उद्घाटन गरेका थिए । 

सो अवसरमा बोल्दै उनले वातावरण संरक्षण र हरियाली प्रबद्र्धनका लागि रोटरी, रोट्रयाक्ट क्लबहरुले गरेको योगदानको प्रशंसा गरे । वृक्षारोपण कार्यक्रममा बोल्दै रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष के.सी.ले वातावरणलाई स्वच्छ र हराभरा बनाउन वृक्षारोपण कार्यक्रम गरिएको बताए । उनले क्लबले वृक्षारोपण गर्ने मात्र नभइ त्यसलाई हुर्काउने र हराभरा बनाउने दायित्व क्लबको रहेको भन्दै वृक्षारोपण स्थललाई निगरानीमा राखिने बताए । 

अस्पताल परिसरमा आँप, लिची, तेजपत्ता तथा निमका विरुवाहरु वृक्षारोपण गरिएको छ । क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक थानेश्वर पाण्डेको स्वागत, विदुर ज्ञवालीको धन्यवाद तथा सचिव सुदिप थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।