२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही ३ (क) मा एमालेबाट ६ जना सिफारिस

शनिवार , भाद्र १८, २०७९

  • 8.3K
    Shares
  • 8.3K
    Shares
  • भैरहवा, १८ भदौ ।
    नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ३  प्रदेशसभा (क) मा ६ जनालाई सिफारिस गरेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ (क), रुपन्देहीको विस्तारित बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको पार्टीले जनाएको छ ।

    प्रदेशसभा सदस्यका लागि सिफारिस हुनेमा विश्वराज बराल (अनुप), राजेन्द्र प्रसाद पन्थी, श्यामलाल खरेल, हरि प्रसाद अधिकारी, लक्ष्मी केसी र सीता काफ्ले रहेका छन् ।