
शुक्रवार , भाद्र १७, २०७९
भैरहवा, १७ भदौ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईस्थित श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको लागि भारत सरकारको आर्थिक अनुदानमा निर्मित विद्यालय तथा प्रयोगशाला भवनको उद्घाटन शनिबार (भोलि) हुने भएको छ । भवनको गृहमन्त्री बालकृष्ण खाँण तथा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवद्वारा संयुक्त रुपमा हुने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानी (मुकेश) ले बताए ।
कार्यक्रममा गृहमन्त्री खाँण, राजदुत श्रीवास्तव, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहरा, पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको सहानीले जानकारी दिए । कार्यक्रम बिहान साढे १० बजेदेखि सुरु हुने उनले बताए ।
कार्यक्रममा विद्यार्थीबाट साँस्कृतिक प्रस्तुति समेत रहने विद्यालयका प्रधानाध्यापक रामसुरेश वर्माले बताए ।
वि.सं.२०१३ सालमा स्थापना भएको श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा हाल २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij