२०८३, बैशाख २१ गते

May 04 2026 | २०८३, बैशाख २१ गते

चितवन-३ बाट चुनावमा उठ्ने प्रचण्डकाे घाेषणा

शुक्रवार , भाद्र १७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • सुर्खेत, १७ भदाै । कर्णाली प्रदेशको नेकपा ( माओवादी केन्द्र) को प्रशिक्षण शुक्रबार हुँदै छ।

    बिहीबार  हुने भनिएकाे प्रशिक्षण शुक्रबार हुन लागेकाे हाे ।प्रशिक्षणमा सहभागी हुन आएका  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै क्षेत्र र प्रदेश तोकेरै भागबण्डा मिलाउने तयारी भइरहेको बताएका छन्।

    प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे।सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए ।एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे।

    यो पटक प्रतिनिधि र प्रदेश दुवै सन्तुलित तालमेल गरिने भन्दै प्रचण्डले कर्णालीमा माओवादी केन्द्रको सरकार बनाउने  गरी तयारी भइरहेको बताए । एमालेसँग कुनै प्रकारको तालमेलको सम्भावना नरहेको भन्दै प्रचण्डले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा सफलता हासिल गरिने जिकीर गरे ।