२०८३, कार्तिक ११ गते

Oct 28 2026 | २०८३, कार्तिक ११ गते

जन्तीको गाडी दुर्घटना, बेहुला बेहुलीसहित १३ घाइते

बिहिवार , मंसिर १८, २०७७

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • धनगढी। धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती चढेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् । 

    बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सुप प्र०१ ००१ज १२५४ नम्बरको गाडी सडकबाट झण्डै २०० मिटर तल खसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका ३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहारसमेत  घाइते भएका हुन । जीप खस्दा बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको तथा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

    घाईतेहरुको अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा उपचार भैरहेको जिप्रका कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी गराएका छन् । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अस्पताल पुराएको डिएसपी बिष्टले बताए ।