२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

प्रदीप गिरीको निधनले अपूरणीय क्षति : कांग्रेस रुपन्देही

बिहिवार , भाद्र १६, २०७९

भैरहवा, १६ भदौ ।
समाजवादी चिन्तक, प्रतिनिधिसभा सदस्य स्वर्गीय प्रदीप गिरीको स्वच्छ छवि र अध्ययनशिलतालाई अंगालेर अगाडी बढ्नुुपर्नेमा नेपाली कांग्रेस रुपन्देहीले जोड दिएको छ । कांग्रेस नेता गिरीको १३ औं दिनको तिथिमा बिहीबार कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य अब्दुुल रज्जाकले उहाँको विचार र आर्दशलाई कांग्रेसले मात्र नभइ सबैले अनुुसरण गर्नुुपर्ने बताए । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका नेता रज्जाकले पार्टीलाई जीवन्त राख्न स्वर्गीय गिरीले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै हरेक कार्यकर्ताले उहाँबाट सिक्दै अध्ययनशिल हुनुपर्ने बताए ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य गंगा शाहीले गिरी स्वच्छ छवि, प्रखर र स्पष्ट वक्ता रहेको बताइन् । उनले गिरीको भौतिक शरीर नरहे पनि विचार, सिद्वान्त र आर्दश कांग्रेसले सधै अनुुसरण गर्नुुपर्ने बताइन । 

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले समालोचक, साहित्यकार एवं समाजवादका प्रखर व्याख्याता गिरीको निधनले पार्टीलाई अपुूरणीय क्षति पुुगेको बताए । कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले उहाँको जीवनीको चर्चा गर्दै गिरी जस्तो वैचारिक क्षमतावान नेता बिरलै हुने भन्दै उहाँका विचारलाई आत्मसात गरेर अगाडी बढे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित गिरीको यही भदौ ४ गते ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा निधन भएको थियो । कांग्रेस रुपन्देहीका सभापति खाँणको सभापतित्व तथा सचिव हरि काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्र ३ का क्षेत्रीय सभापति सुशिल गुुरुङ लगायतले बोल्दै गिरीको योगदान र जीवनीको चर्चा गरेका थिए ।