२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

साढे ८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

बिहिवार , भाद्र १६, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • चितवन, १६ भदौ । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञचालनमा आएको छ। आज दिउँसो साढे २ बजेबाट सडकखण्ड दुईतर्फी सञचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    आज बिहान करिब ६ बजेदेखि नै नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत  पर्ने केराबारीमा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। न्युज कारखाना