२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

गणेश पूजन कार्यक्रम सम्पन्न

बिहिवार , भाद्र १६, २०७९

भैरहवा, १६ भदौ ।
श्री श्री श्री गणेश पूजा सेवा समिति अखाडा नं. ४, सिद्धार्थनगर–६, रुपन्देहीको आयोजनामा गणेश पूजन कार्यक्रम बुधबार सम्पन्न भएको छ । गणेश चतुर्थीको अवसर पारेर प्रत्येक वर्षझै यस वर्ष पनि सिद्धार्थनगर–६ स्थित भैयाटोल (रामपथ) मा पूजन कार्यक्रम गरिएको समितिका अध्यक्ष दीपक सापकोटाले बताए ।

कार्यक्रममा समाजसेवी रवि कुमार रौनियार, श्रीराम गुप्ता, राजकुमार कानु बनिया लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा समाजसेवी रौनियारले रु. १५ हजार समितिलाई प्रदान गरेका थिए । कार्यक्रममा भक्तजनको बाक्लो उपस्थिति रहेको स्थानीय पत्रकार महेश गुप्ताले जानकारी दिए ।

कार्यक्रम अन्तर्गत बुधबार गणेश पूजन गरिएको, शुक्रबार रात्री जागरण तथा झाँकी र आइतबार भण्डारा कार्यक्रम रहेको सापकोटाले जानकारी दिए ।