२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

पहिरो खस्दा नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध

बिहिवार , भाद्र १६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • चितवन, १६ भदौ । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको छ । 

    पहिरोका कारण उक्त सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    दुई ओटा जेसिवि प्रयोग गरि पहिरो हटाउने कार्य भैरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । न्युज कारखाना