२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

रुपन्देही ४ (ख) मा कांग्रेसबाट वसीउद्दीन खाँ सिफारिस

बिहिवार , भाद्र १६, २०७९

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, १६ भदौ । 
    नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ (ख) को उम्मेदवारका लागि वसीउद्दीन खाँको नाम सर्वसम्मत सिफारिस गरेको छ । खाँ लुम्बिनी प्रदेश सरकारको शिक्षा, युवा, विज्ञान तथा खेलकुद मन्त्री हुन् ।

    बुधबार बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले क्षेत्र नम्बर ४ (ख) बाट खाँको नाम सर्वसम्मतले जिल्लामा सिफारिस भएको कांग्रेस रुपन्देही–४ का क्षेत्रीय सभापति मुकेश यादवले बताए । ‘जनभावनाअनुसार काम गर्दै आएको र निर्वाचन विजयीका लागि खाँ नै सही उम्मेदवार रहेको निष्कर्ष निकालेर उनको नाम सर्वसम्मत नाम सिफारिस गरेका हौं’ उनले भने ।