images
images

मंगलवार, जेठ ८ गते २०८१

पंकज राईद्वारा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

पंकज राईद्वारा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

images
images
images
बुधवार, भाद्र १५ २०७९
बुधवार, भाद्र १५ २०७९
  • पंकज राईद्वारा रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा

    बुटवल, १५ भदौ । 
    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी केन्द्रकोतर्फबाट सो पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता पंकज राईले उम्मेदवार बन्ने दावी प्रस्तुत गर्दै उम्मेदवारी घोषणा गरेका छन् । राजनीतिमा युवा र समावेशी नेतृत्व जरुरी रहेको भन्दै वकालत गर्दै आएका राईले बुधवार रुपन्देही क्षेत्र नम्बर २ र ३ मध्ये कुनै एउटा क्षेत्रमा पार्टीकोतर्फबाट उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका हुन । राईले आफु कुनै व्यक्तिविरुद्ध नभएर आफ्नो पार्टीले लिएको समावेशी तथा समाजवादी नीति तथा कार्यक्रमलाई जनताको माझमा लगेर हिमाल पहाड र तराईलाई जोडेर लैजाने उद्देश्यका साथ उम्मेदवारी दिन लागेको बताएका छन् । 

    images
    images
    images

    नेपालको राजनीतिमा एक चर्चित क्षेत्रका रुपमा रहेको रुपन्देही क्षेत्र नम्बर २ र ३ मा राईले उम्मेदवारी घोषणा गरेसँगै राजनीतिमा युवाहरुको आकर्षण बढेको संकेत गरेको छ । उनको पार्टी वर्तमान गठबन्धनमा रहेर निर्वाचनमा जाने नीति पारित गरेको अवस्थामा राईको उम्मेदवारी घोषणाले गठबन्धनमा नयाँ छलफल हुने संकेत पनि दिएको छ । 

    राईले वर्तमान निर्वाचन प्रणाली निकै खर्चिलो र जनताको सही प्रतिनिधित्व हुने खालको नभएको हुँदा त्यसलाई परिर्वतन गरी पूर्ण समावेशी बनाउनुपर्ने बताएका छन् । उनले संघीयतालाई बदनाम गर्ने र केन्द्रीय मानसिकता बोकेका जनप्रतिनिधिहरुलाई संघीय प्रणालीलाई फेल गराउन लागेको पनि आरोप लगाएका छन् । राई २०७४ सालमा रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभामा नयाँ शक्ति पार्टीबाट उम्मेदवार बनेका थिए ।

    रुपन्देही क्षेत्र नम्बर २ मा २०७४ सालको निर्वाचनमा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल विजयी भएका थिए र यसपटक पनि सो पार्टीबाट पौडेल नै उम्मेदवार हुने निश्चित छ । तर अन्य दलहरुबाट को उम्मेदवार बन्ने हो अहिलेसम्म टुंगो लागेको छैन । दलहरुले आ–आफ्नै दावी छ । त्यसक्रममा गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले राजु गुरुङको नाम सिफारिस गरेको जनाइएको छ । गठबन्धनबाट माओवादी केन्द्र र नेपाली कांग्रेसको पनि दावी छ । माओवादीबाट बामदेव क्षेत्री र विनोद पहाडीमध्ये एकलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने नोपली कांग्रेसले युवराज गिरी र चुन्नप्रसाद पौडेलको नाम चर्चामा रहेको छ ।

    उता क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँण नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बन्दै छन् भने एमालेका तर्फबाट घनश्याम भुसाल र बासुदेव घिमिरेको चर्चा रहेको छ । अघिल्लो निर्वाचनमा एमालेका भुसाल विजयी भएका थिए । 

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नेता विष्णु पौडेलले ४४ हजार ३ सय मत ल्याएर जित हासिल गर्दा उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९३७ मत ल्याएका थिए ।

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै उम्मेदवार हुनेहरुको चर्चा हँुदा प्राय पुरानै नेताहरु चुनावी प्रतिष्पर्धामा देखिने गरेका छन् । राजनीतिक दलहरुका शिर्ष नेताले भाषणमा युवाहरुलाई हरेक क्षेत्रमा सहभागी गराउने दावी गरे पनि तिनै नेताहरुको भाषण र व्यवहार भने ठीक उल्टो हुने गरेको छ ।

    स्थानीय तहको निर्वाचनमा युवा जनप्रतिनिधिहरुको अनुहार बाक्लै देखिएपछि आगामी मंसिर ४ गतेका हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा युवाहरुको दावी बढदै गएको छ । अहिले युवा मात्र होइन नयाँ अनुहार समेत चुनावी मैदानमा आउने तयारीमा छन् । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij