२०८२, कार्तिक २७ गते

Nov 13 2025 | २०८२, कार्तिक २७ गते

रुपन्देही ५ (ख) मा कांग्रेसबाट फखरुद्दीन खान सिफारिस

बुधवार , भाद्र १५, २०७९

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • भैरहवा, १५ भदौ । रुपन्देही क्षेत्र नम्बर ५ प्रदेश सभा (ख) निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ नेपाली कांग्रेसले फखरुद्दीन खानलाई सिफारिस गरेको छ । युवा नेता खान नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक हुन् । क्षेत्रीय समितिको बैठकले खानलाई सर्वसम्मत सिफारिस गरेको हो ।

    त्यस्तै समानुपातिकतर्फ वसिउल्लाह मुसलमान, मोहम्मद सैयद खान, शेषमणि यादव, वीरेन्द्र त्रिपाठी र सूर्यमणि उपाध्याय गरी ५ जना सिफारिस भएका छन् ।