images

शुक्रवार, बैशाख ७ गते २०८१

उज्जवल श्रेष्ठ : पञ्चकन्यामा तेस्रो पुस्ताका उर्जावान हस्ती

उज्जवल श्रेष्ठ : पञ्चकन्यामा तेस्रो पुस्ताका उर्जावान हस्ती

images
images
images
बुधवार, भाद्र १५ २०७९
बुधवार, भाद्र १५ २०७९
  • उज्जवल श्रेष्ठ : पञ्चकन्यामा तेस्रो पुस्ताका उर्जावान हस्ती

    भैरहवा, १५ भदौ । निर्माण सामग्रीको लागि लामो इतिहास बोकेको भरपर्दो र विश्वासिलो नाम हो पञ्चकन्या । पञ्चकन्या समूह ५० औं वर्षमा प्रवेश गरेको दिन पनि हो । त्यति मात्रै होइन पञ्चकन्या समूहका अध्यक्ष तथा जन्मदाता प्रेमबहादुर श्रेष्ठको जन्म दिन पनि हो । पञ्चकन्याका सम्पूर्ण निर्माण सामग्री अहिले नेपालीजनहरुको जनजिब्रोमा झुण्डिएको छ । गुणस्तरलाई कुनै मानेमा पनि सम्झौता नगर्ने अठोट लिएको पञ्चकन्या दशैकै उत्कृष्ट र सबैको रोजाइमा पार्ने गरी आगामी योजना तथा कार्यक्रम बनाइरहेको छ ।

    images
    images
    images

    ९१ वर्षमा प्रवेश गरेका प्रेमबहादुर श्रेष्ठ पनि उक्तिकै उर्जावान छन् । अहिले पनि उहाँले दैनिक रुपमा उत्पादन, विक्री तथा उद्योगको अवस्थाबारे आफैले जानकारी लिने गर्दछन् । उद्योगमा कार्यरत जिम्मेवार व्यक्तिदेखि पञ्चकन्या समूहको बोर्डमा रहेका अन्य सदस्यसँग घनिभुत रुपमा छलफल चलाउने गर्दछन् । उनको उद्योगप्रतिको लगाव र उर्जा देख्दा लाग्छ उनी अझै जवान छन् ।   

    पञ्चकन्याले अहिले विश्वमै ख्याती कमाएको प्राइम बिलेटको प्रयोग गरी गुणस्तरीय डण्डी (फलामे छड), बाईन्डीङ वायर, काँटी किल्ला, पोलिथिन पाईप्स र फिटिङस, पिभिसि पाईप्स र फिटिङस, पिपिआर पाईप्स र फिटिङस, सिपिभिसी पाईप्स र फिटिङस, युपिभिसि पाईप्स र फिटिङस उत्पादन गर्दै आएको छ । त्यसै गरी पञ्चकन्याले स्टेनलेस स्टिल वाटर ट्यांक, रेडिमिक्स कंक्रिट, युपिभिसि झ्याल ढोका लगायतका सामग्री उत्पादन गर्दै आएको छ भने औद्योगिक सामग्री, हेभी इक्युपमेन्टस्का साथै औद्योगिक कच्चा पदार्थको तालिम पनि गर्दै आएको छ । 

    पञ्चकन्या समूहबाट आम नागरिकले एउटा घर तथा व्यवसायिक भवन निर्माण गर्दा लाग्ने सबैजस्तो वस्तु एउटै छानामुनीबाट पाउन सकिन्छ । तेस्रो पुस्तामा आइपुग्दासम्म पञ्चकन्या झनै झांगिदै आएको छ । पञ्चकन्या आफूलाई फराकिलो बनाउदै गुणस्तर र उपभोक्ताको रोजाइमा पहिलो बन्ने दाउका साथ अगाडि बढिरहेको छ ।

    तेस्रो पुस्ताको नेतृत्व अहिले उज्ज्वल कुमार श्रेष्ठले गरिरहेका छन् । उज्ज्वल पञ्चकन्या समूहका कार्यकारी निर्देशक हुन् । ५० वर्षमा लाग्दै गरेको पञ्चकन्याको इतिहास भने निकै रोचक छ ।

     

    ujjwal shrestha 2.jpg

    किराना पसलबाट सुरु भएको पञ्चकन्याको यात्रा स–मिल हुँदै अहिले निर्माण सामग्री उत्पादन गर्ने व्यवसायिक समूहमा परिणत भएको छ । इलामको फिक्कलबाट यात्रा सुरु गरेको पञ्चकन्याले अहिले निर्माण जगतमा आफ्नो छुट्टै पहिचान बनाएको छ ।

    पञ्चकन्याको यात्रा इलामको फिक्कलबाट सुरु भएको थियो । फिक्कलबाट किराना पसलबाट सुरु भएको यात्रा स–मिल (काठ), राईस मिल हुँदै निर्माण सामग्री उत्पादन गर्ने व्यवसायिक उद्योगमा आएको हो । पहिलो पुस्ताले सुरु गरेको पञ्चकन्याको यात्रा ५० वर्षमा आइपुग्दा तेस्रो पुस्तामा पुगेको छ । पञ्चकन्याका जन्मदाता प्रेमबहादुर श्रेष्ठ हुन् । प्रेम बहादुर श्रेष्ठले फिक्कलमा रहेको पञ्चकन्या मन्दिरको नामबाट पञ्चकन्या समूहको नाम राखेका थिए । श्रेष्ठ परिवारको पञ्चकन्या नामबाट खुलेको पहिलो उद्योग हो, पञ्चकन्या राइस मिल । जुन मिल झापाको विर्तामोडमा रहेको थियो । किराना पसल, काठ उद्योग हुँदै राइसमिलसम्म आइपुग्दा प्रेममा उद्योगहरुको सञ्जाल बढाउँदै जाने र उद्योगमै भबिष्य खोज्दै जाने सोच पलायो । भविष्यको खोजी गर्दै जाँदा निर्माण सामग्रीतर्फ हजुरबुबा (प्रेमबहादुर श्रेष्ठ) को ध्यान गयो, प्रेमका नाति उज्ज्वलकुमार श्रेष्ठले भने त्यही खोजी अन्र्तगत पुर्वमा रहेको पञ्चकन्या राइस मिलबाट औद्योगिक घराना निर्माण गर्ने सोचका साथ पश्चिमतर्फ आएको सम्झना छ ।

    पश्चिमका शहरहरुमध्ये हाम्रो राजाई भैरहवा पर्न गयो, जुन क्षेत्र उद्योग सञ्चालनका लागि उत्तम क्षेत्र थियो उज्जवलको भनाइ छ । हजुरबुवाको मार्गनिर्देशन, बुवा धु्रवकुमार श्रेष्ठ र काका प्रदिपकुमार श्रेष्ठको लगाव र सामूहिक सरसल्लाहका कारण पञ्चकन्याले आफूलाई अब्बल सावित गरेको उज्ज्वलको भनाइ छ ।

    हजुरबुवाले बुवालाई भैरहवामा स्थापित फ्याक्ट्रीको व्यवस्थापन, काकालाई काठमाडौंमा बसेर कम्पनीका लागि नीति निर्माण गर्ने देखि नयाँ प्रविधि भित्राउने जिम्मेवारी दिनु भएको थियो । त्यसपछि मलाई पनि विस्तारै उद्योगतिर तान्नुभयो उज्जवलले भने, ‘उहाँहरुको मार्गनिर्देशन अनुसार म उद्योग सञ्चालनदेखि व्यवस्थापनसम्मको जिम्मेवारीसहित उद्योगमा प्रवेश गरेको हु । अहिले हजुरबुवा, बुवा र काकाले दिएको जिम्मेवारी अनुसार काम गरिरहेको छु । ’

    ujjwal Shrestha 3 .jpg

    भैरहवामा पञ्चकन्या समूहको पहिलो उद्योगको रुपमा पञ्चकन्या प्लाष्टिक उद्योग प्रा.लि स्थापना भएको थियो । पञ्चकन्या प्लाष्टिक उद्योग हुदै विभिन्न उद्योगहरु स्थापना भएका थिए । हजुरबुबाले सुरु गर्नुभएको भैरहवाको उद्योगको जिम्मा बुवालाई र काठमाडौंको बजार विस्तार, नीति निर्माण तथा प्रविधिको विषयमा भने काकालाई जिम्मा दिनुभएको थियो, उज्जवलले भने, ‘उहाँहरुले देखाउनु बाटोलाई आत्मसाथ गर्दै अहिले मैले फ्याक्ट्रीसम्बन्धी उत्पादन तथा विक्री विस्तारको काम गर्दै आएको छु । ’

    उज्ज्वललाई उनका काका प्रदिप कुमार श्रेष्ठका छोराहरु उदिप र आशिकले सघाइरहेका छन् । उदिपले नयाँ कम्पनी विस्तार गर्दै आएका छन् । उनले अटोमोबाइल्स (बाइक), कन्स्ट्रक्सनको काम गर्दै आएका छन् । आशिकले भने प्लाष्टिकको विक्री तथा बजार विस्तारमा उज्जवललाई सघाइरहेका छन् ।

    उज्जवल सधै उद्योगको कार्यकारी निर्देशकमा भने आएका होइनन् । उनले सुरुवाती चरणमा पञ्चकन्यामा मार्केटिङ म्यानेजरको काम गरेका थिए । काम गर्दै अगाडि बढ्दै गएपछि अहिले कम्पनीलाई हाक्ने गहन जिम्मेवारी काँधमा बोकेर हिडिंरहेका छन् उज्ववल । कम्पनीको भविष्य थप उज्जवल बनाउनका आगामी रणनीतिक योजना तयार गर्नेदेखि लिएर उद्योग विस्तार गर्नेसम्मको गहन जिम्मेवारी उज्जवलको काधमा छ ।

    कम्पनीमा आइपर्ने चुनौतीलाई समाधान गर्दै जाने त्यसका लागि सामूहिक निर्णयबाट अगाडि बढ्ने गरी छलफल चलाउने गरेको उनको भनाइ छ ।

    पञ्चकन्या समूहमा नयाँ उद्योग थप गर्नुपरे, लगानी विस्तार गर्नुपरे, नयाँ प्रविधि भित्राउनुपरेमा ६ जनाको बोर्डमा घनीभुत छलफल हुने गर्दछ । पहिलो पुस्तादेखि तेस्रो पुस्तासम्मका ६ जना बीचमा भएको छलफल पछि निस्किएको निष्कर्षपछि मात्रै हामी नयाँ कामका लागि अग्रसर हुन्छौ उज्ज्वलले भने,‘ बिजनेशमा तेस्रो पुस्तासम्म रफ्तारमा जाने कुरा चानचुन होइन, मूल मान्छेको सिद्वान्त, विचारलाई सबैले आत्मसाथ घरेका कारण सहज रुपमा अगाडि बढ्न सकेका हौं । ’

    ‘तीन पुस्ता एक ठाउँमा बसेर उद्योग चलाउने, विस्तार गर्ने कुरामा कहिलेकाही अप्ठ्याराहरु आउँछन्, कहिलेकाही विषयवस्तुमा रहेर बाझाबाझ हुने अवस्था पनि आउँछ तर, कम्पनीलाई अगाडि राखेर हेरेपछि सबैकुरा मिलेर जान्छ, ’उज्ज्वलले भने । इतिहास, लिगेसी, पहिचान भनेको नै कम्पनी हो, कम्पनीलाई शिरमा राखेर हिंडेपछि सबै कुराको सहजै समाधान निस्कन्छ, उज्जवलले भने, ‘उद्योगलाई टिकाइराख्न र नयाँ उद्योग थप गर्नका लागि हामी तेस्रो पुस्ताले धेरै चुनौतीलाई अवसरमा परिणत गरेर अगाडि बढ्नुपर्ने हुन्छ । ’

    कम्पनीलाई सधैभरी बलियो राख्नका लागि एउटा व्यक्ति अथवा लगानीकर्ताको जोडबलले मात्रै हुँदैन, त्यसका लागि कर्मचारीको साथ र सहयोग बलियो हुनुपर्छ, उज्जवलले भने, ‘उद्योग बलियो बनाउन कर्मचारी बलियो बनाउनुपर्छ, उनीहरुको क्षमता विस्तार र सशक्तिकरणमा ध्यान दिन जरुरी छ । ’

    उज्जवलले पञ्चकन्यालाई देशमै विश्वासिलो कम्पनीको रुपमा स्थापित गर्न लगानीकर्ताका साथै कर्मचारीको महत्वपूर्ण भुमिका रहेको बताए । उनले भने,‘हाम्रो कम्पनीमा उद्योगको जग हाल्दादेखिका कर्मचारी छन्, उनीहरुको माया र कडा मिहिनेतका कारण पञ्चकन्या अहिले देशैभरी विस्तार हुनसकेको हो । पञ्चकन्यामा उद्योग तथा बजारमा गरेर १ हजार ५ सय जनाको हाराहारीमा रोजगारी पाएका छन् ।

    ‘कम्पनीमा काम गर्ने वातावरण सफा, पारदर्शी हुँदा टिकाउन सकिन्छ, कम्पनीमा राजनीति हुँदैन, कुनै पनि कर्मचारीलाई वायसनेश हुँदैन, हामीले सबै कर्मचारीलाई बोल्न, विचार राख्न सहज रुपमा दिने गर्दछौ, त्यसैले हामी ढुक्कसाथ अगाडि बढ्न पाएका छौं, ’उनले भने ।

    पञ्चकन्याका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानी, रोजगारी, कामको वातावरण, ब्राण्ड, गुणस्तर र विश्वास नै सबैभन्दा ठुलो सम्पत्ति हो, उज्जवलले भने, ‘हामीलाई सबैभन्दा ठूलो चिन्ता नै विश्वास र गुणस्तरलाई टिकाइराख्नु हो, ‘हामी ग्राहकको मनमा एक नम्बर हुनुपर्छ भन्ने विषयमा सधै केन्द्रित हुन्छौ । ’

    पञ्चकन्याले जुन उत्पादन ल्याउँछ गुणस्तरीय, नौलो र प्रविधिमैत्री ल्याउँछ भन्ने छापलाई स्थापित गर्दै अब आउने उद्योग पनि विश्वमै उत्कृष्ट मानिएको प्रविधिसहितको उद्योग स्थापना गर्ने सोचमा रहेको कार्यकारी निर्देशक उज्जवलले उल्लेख गरे ।

    हामीलाई हजुरबुवाले सधै भन्ने गर्नुहुन्छ, ‘इज्जत र विश्वास कमाउन धेरै गाह्रो छ, गुमाउन समय नै लाग्दैन्, यसैलाई दिमागमा राखेर काम गर्ने गरेका छौ, ’उज्जवलले भने । अहिलेसम्म विश्वासलाई जोगाएर राखेका छौं । ’

    पञ्चकन्याका उत्पादनहरु अहिलेसम्म आम नागरिक माझ छ, उज्जवलले भने, ‘हाम्रा उत्पादन ९३ प्रतिशत आम नागरिकले किन्ने गरेका छन् भने ७ प्रतिशत मात्रै अन्य परियोजनाहरुमा जाने गरेको छ, यसले हामीलाई थप बलियो बनाउन सहयोग गरेको छ, यही नै कम्पनीप्रतिको विश्वास हो ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij